
एजेन्सी, पुस २० । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएकाे खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अल्भेसलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो ।
१० खेलाडीमा सिमित अल्भेसविरुद्ध एट्लेटिकोका मार्कोस लोरेन्ट र लुइस सुआरेजले एक एक गोल गरे । अल्भेसको मैदानमा ४१ औं मिनेटमा लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
खेलको ६३ औं मिनेटमा भिक्टरले रातो कार्ड पाउँदा अल्भेस १० खेलाडीमा समेटियो । ८४ औं मिनेटमा एट्लेटिकोका फिलिपले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुग्यो ।
तर, खेलको ९० औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको एट्लेटिकोले १५ खेलमा ३८ अंक जोडेको छ । अल्भेस १८ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
ला लिगा कै अर्को खेलमा इबरले ग्रानडालाई २-० ले हराएको छ । रियल सोसिडाडले ओसासुनासँग १-१ गोलको बराबरी खेलेको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…