
एजेन्सी, पुस २१ । साविक विजेता लिभरपुर साेमबार राति साउथह्याम्पटनकाे मैदानमा स्तब्ध भएकाे छ ।
तालिकाकाे शीर्ष स्थानमा रहेकाे लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको हो । ड्यानी इङ्सले निर्णायक गोल गरेपछि घरेलु मैदानमा साउथह्याम्पटनले लिभरपुलविरुद्ध जित हात पारेको हो ।
ड्यानीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । जेम्स वार्डको फ्रिकिक पासमा ड्यानीले गरेको गोल खेलमा निर्णायक बन्यो ।
बल पोजिसनमा एकतर्फी पकड जमाएपनि लिभरपुलले गोल गर्न सकेन । र, लिभरपुलले सिजनको दोस्रो हार व्यहोर्न पुग्यो । यस हारसँगै लिभरपुल शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन असफल भएको छ ।
लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबर भएपनि लिभरपुल शीर्ष स्थानमा रहेको छ ।साउथह्याम्पटन भने छैटौं स्थानमा उक्लिएको छ ।साउथह्याम्पटनले १७ खेलमा २९ अंक जोडेको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…