
एजेन्सी, पुस २६ । स्पेनिस लालिगा अन्तर्गत गएराति भएकाे खेलमा बार्सिलाेनाले फराकिलाे जित निकालेकाे छ ।

बार्सिलाेनाकाे जितमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले दुई–दुई गोल गर्दा बार्सिलोनाले शानदार जित दर्ता गरेको हाे ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनालो १० खेलाडीमा सीमित भएको ग्रानाडालाई ४–० ले पराजित गरेको हो । पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गरेको हो । उसका लागि ग्रिजम्यानले १२ र ६३ औँ तथा मेस्सीले ३५ र ४२ औँ मिनेटमा गोल गरे ।

७८ औँ मिनेटमा भालेजो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सीमित भयो । जितपछि तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको १८ खेलबाट ३४ अंक भएको छ । १७ खेलबाट २४ अंकसहित ग्रानाडा सातौँ स्थानमा छ ।

शनिबार राति नै भएको अर्को खेलमा सेभिल्लाले रियल सोसिडाडलाई ३–२ ले पराजित गरेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…