
एजेन्सी, पुस २६ । लेस्टर सिटी र आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

शनिबार राति भएको खेलमा लेस्टर सिटीले स्टोक सिटीमाथि ४–० ले पराजित गरेको हो भने अर्को खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको हाे

स्टोकको घरेलु मैदानमा भएको खेलमा सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको लेस्टरले ३४ औं मिनेटमा अग्रता बनाएकाे थियाे । लेस्टरका लागि जस्टिनले पहिलाे गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको लेस्टरका लागि ५९ औं मिनेटमा ल्ब्राइटोनले दोस्रो गोल गरे । त्यसपछि ७९ औं मिनेटमा योजी पेरेजले गोल गर्दै टिमलाई तीन शून्यले अगाडि राखे । बारनेसले ८१ औं मिनेटमा गोल गरेपछि लेस्टरले चार शून्यको सहज जित निकाल्यो । यो खेलमा लेस्टरका मुख्य खेलाडी भार्डीले खेलेका थिएनन् ।

आर्सनलले अतिरिक्त समयमा गोल गरेर जित निकालेको हो । उसका लागि १०९ औँ मिनेटमा स्मिथ रोव र ११७ औँ मिनेटमा पियर एमरिकले गोल गरेका हुन् ।

यस्तै अर्को खेलमा सेफिल्डले ब्रिस्टोल रोभर्सलाई ३– ० ले हरायो भने स्वान्से सिटीले स्टेभेनागलाई २–० गाेलले पराजित गर्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…