
गजराज जोशी कप वडास्तरीय फुटबल
काठमाडौं-काठमाडौंको टोखा नगरपालिकामा सोमबारदेखि अन्तरवडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । एसडी-९९ स्पोर्टस कर्नरको आयोजनामा गजराज जोशी कप वडास्तरीय फुटबल प्रतियोगिता शुरुभएको हो । टोखाका ७ वटा वडाको सहभागिता रहेको प्रतियोगिताको उदघाटन भने नगरपालिकाका मेयर प्रकाश अधिकारी गरेका थिए ।
सहभागि टोलीले लिगकम नकआउटमा प्रतिस्पर्धा गर्ने छन् । सोमबार टोखा नगरपालिका वडा नम्वर ६ र वडा नम्वर ७ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोखा भुतखेलस्थित मैदानमा भएको खेलमा वडा नम्वर ६ का कृष्ण गुरुङले गोल गर्दा वडा नम्वर ७ का समिर गुरुङले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । समिरले नै पेनाल्टीलाई सदुपयोग गर्न चुकेपछि जित निकाल्नबाट बन्चित हुन पुगेको थियो । प्रतियोगितामा बुधबार दुई खेल हुनेछ ।
प्रतियोगिता १३ माघसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…