
Castle futsal
पोखरा-पोखरा महानगरपालिका ४ गणेशटोलस्थित स्पोर्टस् क्यासल प्रा.लिले पहिलो संस्करणको ‘एमेचुअर क्यासल फुटसल कप –२०७७’ आयोजना गर्ने भएको छ । उदीयमान खेलाडीहरुलाई लक्षित गरी यही माघ २४ गते क्यासलको फुटसल मैदानमा एक दिने ‘फाईभ ए साईड फुटसल’ प्रतियोगिताको आयोजना निर्णय गरेको हो । स्पोर्टस् क्यासलका सञ्चालक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी समेत रहेका प्रतियोगिता संयोजक ईश्वर (चन्द्र) गुरुङले उदीयमान खेलाडीहरुलाई स्थान दिने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको बताए । उनका अनुसार व्यावसायिक रुपमा फुटबल खेल्दै आएका खेलाडीहरु सो प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।
‘हामीले न्यू कमर्सलाई प्राथमिकतामा राखेर यो टुर्नामेन्ट आयोजना गर्न लागेका हौ, संयोजक गुरुङले भने, ‘उनीहरुलाई एक्पोज गर्न यस प्रतियोगिताले थप टेवा पुर्याओस भन्ने हेतुले एक दिनमै सम्पन्न गर्नेगरी आउदो २४ गते खेलाउदै छौ । प्रोफेश्नल खेलाडीहरु भने खेल्न पाउने छैनन् ।’ गुरुङले उक्त प्रतियोगिताको बिजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्रदान गरिने बताए । त्यस्तै उपबिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार प्राप्त गर्नेछ । भने सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई जि.एच हेयर एण्ड ट्याटु न्यूरोडद्वारा ८ जनालाई निशुल्क कपाल काट्ने र बुलडग बार खहरे लेकसाईडको तर्फबाट ८ जनालाई खानामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
संयोजक गुरुङले प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडी बन्न सफल खेलाडीलाई केल्मीको आधिकारिक बिक्रेता डिलाईट स्पोर्टस्बाट केल्मी फुटसल जुत्ता प्रदान गर्ने बताए । करिब ३० टिम बढि अपेक्षित सो प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…