
गजराज जोशी स्मृति कपमा
काठमाडौं-टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर १ ले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको दोस्रो दिन मंगलबार वडा नम्वर १ ले वडा नम्वर ४ माथि १–० को जित निकालेको हो । टोखास्थित भुतखेल मैदानमा वडा नम्वर १ को जितमा अनिल अधिकारीले ५०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि मंगलबार नै भएको खेलमा वडा नम्वर २ र वडा नम्वर ८ ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको छ । लिगकम नकआउटको आधारमा भएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । पोल ‘ए’ मा वडा नम्वर ३, ६ र ७ तथा पोल ‘बी’ मा १, २, ४ र ८ वडा रहेको छ । एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा भएको प्रतियोगितामा बुधबार दुई खेल हुनेछ । वडा नम्वर ३ र ६ तथा वडा नम्वर १ र २ बीच प्रतिस्पर्धा हुनेछ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…