
दुवाथनल सिरिजको दोश्रो संस्करण
काठमाडौं-नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोश्रो संस्करण माघ १० गते शनिबार काठमाण्डौको प्राचिन ऐतिहासिक शहर किर्तिपुरको जखामा हुने भएको छ ।
स्थानिय स्तरमा स्थानिय संस्थाहरु संग समन्वय गर्दै नव प्रतिभा पहिचान सहित खेलाडी उत्पादनका साथै खेल समुदायको बिकास गर्ने लक्षका साथ संचालन गरिएको सिरिजको पहिलो संस्करण काठमाण्डौको उत्तरभेगिय प्राचिन शहर टोखामा सम्पन्न भईसकेको छ । प्रत्येक दुई हप्तमा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुने छ । यसैगरी चौथो संस्करण टोखा, पाँचौ चोभारमा हुनेछ । तीन महिना सम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना हुनेछ ।
सिरिजको उद्धेश्य प्रतियोगिता मात्र नभई नव प्रतिभाहरुको खोजी, खेल समूदायको विकासका साथै खेलमार्फत आन्तरिक पर्यटनको बिकास गर्दै राज्यलाई आर्थिक टेवा पु¥याउने रहेको छ – संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।
कोभिड १९ बाट बिश्वनै अक्रान्त भईरहेको अवस्थामा सुस्ताएको खेल क्षेत्रलाई ब्युझाउँदै स्वस्थ र रोग प्रतिरोध क्षमता अभिबृद्धि गर्न सिरिजले सहयोग पुग्ने नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले बताए । नेपाल ट्राईयाथलन संघ र जम्प नेशनविच एक बर्ष सम्म संघले आयोजना गर्ने प्रतियोगिताको ब्यवस्थापनको जिम्मेवारी लिने गरि सहकार्यको सम्झौता भईसकेको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…