
कप्तान सिद्धान्त लोहनीले
काठमाडौं- कर्णाली प्रदेशलाई ५९ रनले पराजित गर्दै प्रदेश–१ ले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्तोवना जित निकालेको छ । कीर्तिपुर स्थिति त्रिभुवन विश्व विद्यालयको मैदानमा प्रदेश–१ ले दिएको २ सय १६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ३५ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १ सय ५६ रन बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको कर्णालीका लागि विपिन रावलले ४७ रनको व्यक्तिगत स्कोर बनाउँदा निश्चल रावलले ३१, कप्तान रविन्द्र शाहीले १८, दिवन पुन र दिनेश अधिकारीले ११ रनको योगदान गरे ।
अन्य ब्याट्स म्यान १० रन भित्र समेटिए । कसिलो बलिङ गर्दै सस्तैमा समेटेको प्रदेश–१ का लागि मिनास थापाले सर्वाधिक ५ विकेट आफ्नो नाममा राख्दा दिपेश कंडेलले ३ तथा मनोज तामाङले २ विकेट हात पारे । यस अघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय १५ रन जोडेको थियो । कप्तान सिद्धान्त लोहनीले अर्धसतकीय इनिङ्स खेले । ९७ बलको सामना गरेका सिद्धान्तले ९ चौका प्रहार गर्दै व्यक्तिगत ६६ रनको पारी खेलेका थिए ।
फिर्दोस अनसारी र श्रवण यादवले समान १७÷१७ जोड्दा शुभांकर उरोले ३६ र मिनास थापाले २५ रन जोडे । अन्य ब्याट्स म्यानले राम्रो स्कोर गर्न सकेनन् । कर्णालीका रविन्द्र शाहीले ३ विकेट लिए । यस्तै दिनेश अधिकारी र अनुज चुनाराले समान २/२ विकेट निकाल्दा दिवन पुन र राज शाहका नाममा एक÷एक विकेट रह्यो ।
जारी प्रतियोगितामा समूह ‘ए’ मा रहेको प्रदेश–१ ले सान्तोवना जित निकाले पनि अघिल्लो चरणको यात्रा समाप्त भइसकेको छ । प्रदेश–१ चौंथो स्थानमा रहेको छ । कर्णालीको भने यो दोस्रो हार हो । कर्णाली ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…