
बलको लागि संघर्ष गर्दै नेपाल पुलिस र चौदण्डी नगरपालिकाका खेलाडी ।
काठमाडौं- विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार मोफसलको टोली चौदण्डी नगरपालिकालालाई पराजित गर्दै राष्ट्रिय महिला लिग फुटबलमा विजयी शुरुवात गरेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० कम्प्लेसको मैदानमा भएको दिनको खेलमा नेपाल पुलिसले मोफसलको टोली चौदण्डीगढी नगरपालीका उदयपुरलाई ६–० को फराकिलो अन्तरले पराजित गर्यो ।
एक तर्फी जस्तो देखिएको खेलमा पुलिसका लागि रेखा पौडेल र सिर्जना खड्काले समान २÷२ गोल गर्दा अमृता जैशी र निर्मला बिकले एक÷एक गोल आफ्नो नाममा लेखाए । तुलनात्मक हिसाबमा कमजोर देखिएको उदयपुरविरुद्ध पुलिसले रेखाको गोलबाट सुरुआती अग्रता लिउको थियो । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा अमृताले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेकी थिइन् । पहिलो हाफको अन्तिम मिनेटमा सिर्जना प्रहारगरेको बलल उदरपुरकी गोलकिपरको हातमा लागे गोलमा परिणत भएको थियो । इन्जुरी समयमा निर्मलाले गोल थप्दै पहिलो हाफमा पुलिसलाई ४–० को अग्रता दिलाएकी थिएन ।
सुरुआतबाट नै दबाबमा राखेको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्न सक्यो । निर्धातिर समय सकिन एक मिनेट बाँकी रहँदा रेखाले व्यक्तिगत दोस्रो गोल थप्दा इन्जुरी समयमा सिर्जनाले पनि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जितलाई निश्चित गरिन । जितसंगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…