अच्युत र करिशालाई क्रस दुवाथोलनको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १० गते २०७७ मा प्रकाशित


फिनिसिङ टस लाईन पार गर्दै खरेल ।

पोखरा-क्रस दुवाथोलनको दोस्रो संस्करणको उपाधि अच्युत कृष्ण खरेल र करिशा महर्जनले जितेका छन् । नेपाल ट्रायथोलन संघको आयोजना तथा जम्प नेशनको संयुक्त आयोजनमा शनिबार भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणको उपाधि खरेल र महर्जनले जितेका हुन् ।ऐतिहासिक सहर किर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा ३७ मिनट २७ सेकेन्डमा पुरा गर्दै खरेलले उपाधि आफनो नाममा लेखाउँदा ४५ मिनट १२ सेकेन्डका साथ आर्यन राई दोश्रो र ४५ मिनट २१ सेकेन्डका साथ सुशिम चित्रकार तेश्रो भए ।

खरेलले जिम्बु थकालीको तर्फबाट प्रदान गरिएको २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग भौचर प्राप्त गरे । क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाईकको १५ सय बराबरको साईकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाईकको तर्फबाट १ हजार बराबरको साईकल मर्मतको भौचर प्राप्त गरेका छन् ।
च्याम्पियनसिपको महिला तर्पm एक मात्र प्रतिस्पर्धी करिशाले १ घण्टा ८ मिनट ३० सेकेन्डका साथ बिजय हात पारिन् । उनले काठमाण्डौ गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरिन् । प्रत्येक बिजयी खेलाडीहरुले आयोजक जम्प नेशनको तर्फबाट प्रदान गरिएको ब्याग प्राप्त गरे ।

पुरुष तर्फ दोश्रो हुने खेलाडीले २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि.दौडको क्रस दुवाथलनको बिजयी खेलाडीहरुलाई किर्तिपुर नगरपालिकाका मेयर रमेश कुमार महर्जन, किर्तिपुरका डिएसपी रुकेश तण्डुकार, वडा नं. ६ का अध्यक्ष, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।