
एट ए साइडको उपाघीसहित बगरभाइखलक ।
पोखरा-पोखराबाट शुरु भएको एट ए साईड भेट्रन्स फुटबल प्रतियोगिता देशका विभिन्न शहरमा आयोजना हुदैं आएको छ । शनिबार छैटौ संस्कणको हेटौडा भेट्रान्स छैटौ एट ए साइड फुटवलको उपाधि पोखराको बगर भाइखलकले जितेको छ । भाइखलक डिफेन्डिङ च्याम्पियन पनि हो ।
शनिबार बगर भाइ खलकले सानो गौचरन नाइट किङ भेट्रान्स क्लवलाई १–० ले पराजित गर्दै उपाधिमा आफनो नाम लेखाएको हो । मनोज गुरुङले निर्णायक गोलमा बगर भाइखलकलाई उपाधि रक्षा गर्न पर्याप्त बन्यो । गुरूङले दोश्रो हाफको १० औं मिनेटमा गोल गरेका थिए ।
उपाधिसँगै बगर भाइ खलकले नगद १ लाख १ हजार १ सय ११ सँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि उपविजेता सानो गौचरन नाइट किङ क्लवले नगद ५१ हजार १ सय ११ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । मनोज प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…