काठमाडौं । महिला राष्ट्रिय लिगमा अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ ।
यस अघिका खेलमा पराजय भोगेका टोलीद्वय चौदण्डीगढी र चन्द्रपुर जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् । दुबै टोलीको समूह तालिकामा अंक विहिन छन् ।
चौदण्डी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६–० ले पराजित भएको थियो । यस्तै पहिलो खेलमा चन्द्रपुर पनि एपीएफ क्लबसँग ६–० ले पराजित भएको थियो ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…