
चन्द्रपुर नगरपालिका रौतहट फुटबल टिम गोलको खुशी मनाउँदै ।
काठमाडौं-चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।
चन्द्रपुरको जितमा सविता राना मगरले ह्याट्रिक गर्दा रजनी थोकरले दुई, दिल कुमारी राना मगर र सनिता भोलाले एक–एक गोल गरे । चौदण्डीगढीकी अञ्जन थुलुङले एक गोल फर्कान् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…