
आर्मी विरुद्ध बल अगाडि बढाउँदै एपीएफकी सावित्रा भण्डारी(साम्बा) ।
काठमाडौं-त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले तेस्रो खेलमा स्पष्ट जित निकाल्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका स्याङसँग बराबरीमा रोकिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा भएको खेलमा एपिएफले लगातारका तीन खेलमा स्पष्ट जित निकालेको हो । यस्तै अर्को खेलमा पुलिसले मोफसलको वालिङसँग १–१ को बराबरी खेलेको हो ।-
एपिएफले स्पष्ट तेस्रो खेलमा जित निकाल्दा पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एपिएफका लागि अञ्जली योनजन र सरुलिम्बुले पहिलो हाफमा गोल गरेका थिए । अञ्जलीले २७औं मिनेटमा पहिलो गोल गर्दा इन्जुरी समयमा सरु लिम्बुले गोल गर्दै टोलीको अग्रता २–० मा पु¥याएकी थिइन् ।
जितसँगै एपिएफको तीन खेलबाट ९ अंक भएको छ । पराजित आर्मीको ४ अंक भएको छ ।
लिग अन्तर्गत मंगलबारकै पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मुख्यालयमा वालिङले लिएको सुरूआती अग्रतालाइ पुलिसले दोस्रो हाफमा बराबरी गर्दै अंक खोसेको हो ।
वालिङका लागि विदेशी खेलाडी मिथो इल्डाइ रूथले ५३ औं मिनेटमा गोल गरेकी थिइन् । पहिलो हाफ गोल रहित बराबरी खेलेका टोलीले दोस्रो हाफमा आक्रामक खेल खेलेका थिए । पछि परेको विभागीय टोलीका लागि रेखा पौडेलले ६५ औं मिनेटमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएकी थिइन ।
त्यसपछि दुबै टोलीले स्पष्ट जितका लागि प्रतिस्पर्धा गरे पनि पाएका राम्रा अवसर सदुपयोग गर्न नसक्दा दुबै टोलीले अंक बाँडेका हुन । तीन खेलबाट पुलिसको ५ अंक भएको छ भने वालिङको २ अंक मात्र भएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…