
काठमाडौं, माघ १४ । कुशुम खतिवडाको ह्याट्रिकको मद्दतमा बुधबार विराटनर महानगरपालिका मोरङले राजधानीमा जारी राष्ट्रिय महिला लिगमा बुधबार सुखद नतिजा निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा विराटनरले चन्द्रपुरमाथि ५–० को फराकिलो जित निकाल्दा कुशुमले ह्याट्रिक पूरा गर्दा जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । कुशुमको अलावा अनु राई र सरिता शेर्पाले एक÷एक गोल गरे ।
कुशुमको ह्याट्रिक सँगै जारी प्रतियोगितामा पाँचौ ह्याट्रिक भएको छ । एपिएफकी सावित्रा भण्डारीले दुई ह्याट्रिक गर्दा आर्मीकी विमला चौधरी र चन्द्रपुरकी सविता राना मगरले एक÷एक ह्याट्रिक गरेका छन् ।
पहिलो हाफमा दुई गोल गरेको विराटनगरले दोस्रो हाफमा तीन गोल गरेको थियो । यस अघि सम्पन्न दुई खेलबाट विराटनगरले एक खेलमा बराबरी र एक खेल गुमाउन पुगेको थियो । पहिलो खेलमा विराटनगर वालिङसँग १–१ गोलको बराबरी र एपीएफसँग ७–० ले पराजित भएको थियो । तेस्रो खेलमा सुखद नतिजा निकालेको विराटनगरको अंक तालिकामा ४ अंक भएको छ ।
उदयपुरको चौदण्डीगढीलाई अघिल्लो खेलमा ७–१ गोल अन्तरले पराजित गरेको चन्द्रपुरले एपिएफसँग ६–० ले पराजित भएको थियो । बुधबारको पराजयसँगै चन्द्रपुरको ३ खेलबाट ३ अंक नै छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…