
एजेन्सी, माघ १५ । लियोनल मेस्सीसहितको गोलको सहयोगमा जित निकाल्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गरेको हो । घरेलु टोली भालेकानोका लागि ६३ औँ मिनेटमा गार्सिया टोरेसले गोल गरेर सुरुवाति अग्रता दिलाए ।

प्रतिबन्ध सकिएपछिको पहिलो खेलमा मेस्सीले ६९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको सहयोगमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।

मेस्सीले क्लब खेल जीवनको इतिहासमा पहिलो रातो कार्डका कारण दुई खेलको प्रतिबन्ध भोगेका थिए । जोर्डी अल्बाको सहयोगमा ८० औँ मिनेटमा फ्रेन्की डी जोङ्गले गोल गरेका हुन् ।

अरु खेलमा सेभिल्लाले भ्यालेन्सियालाई ३–० तथा अल्मेरियाले ओसासुनालाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…