
एजेन्सी । शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड शेफिल्ड युनाइटेडसँग २–१ ले पराजित भएको हो । पुछारको टिम शेफिल्डका लागि २३ औँ मिनेटमा किन ब्रायन तथा ७४ औँ मिनेटमा ओलिभर बर्कले गोल गरेका हुन् ।

म्यानचेस्टर युनाइटेडका लागि ६४ औँ मिनेटमा ह्यारी मागुइरीले गोल गरे । हारपछि पनि दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २० खेलबाट ४० अंक भएको छ ।

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले एक खेल कम खेलेको भए पनि ४१ अंक छ । पुछारको शेफिल्डको २० खेलबाट ८ अंक भएको छ ।

बुधबार राति नै भएको खेलमा तेस्रो स्थानको लेस्टर सिटी एभर्टनसँग १–१ को बराबरीमा रोकियो । बर्नलीले एस्टन भिल्लालाई ३–२ ले पराजित गर्दा चेल्सी र वुल्भ्स तथा ब्राइटन र फुलह्यामले गोलरहित बराबरी खेलेका छन् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…