
पोखरा–२० मा मौजामा निर्माणाधिन फुटबल मैदानसहितको खेलकुद पूर्वाधारको डिपिआर ।
पोखरा-महानगरपालिकाको दुई वटा महत्वपूर्ण खेलकुदका योजना छन् । महानगरकै उचाईको फुटबल मैदान(पोखरा–२० मौजामा निर्माणाधिन फुटबल मैदान) र पोखरा–१३ मा निर्माणाधिन खेलमैदानका योजना हुन् । योजनलाई कार्यान्वयनमा लैजान महानगरपालिकाले टेण्डर आह्वान गरेर निर्माणको प्रक्रियामा अघि बढाईसकेको छ । आँटीघर मौजाको फुटबल मैदानको टेण्डर प्रक्रिया गरेर मूल्यांकनको चरणमा छ । पोखरा–१३ को खेल मैदान भने अघिल्लो आर्थिक वर्षमा टेण्डर आह्वान गरेर यसै आर्थिक वर्षदेखि काम शुरु गरिएको छ । दुवैलाई महानगरपालिकाले क्रमश ५० लाख र १ करोड रुपैयाँ छुट्टाएको थियो ।
‘मौजाको खेलमैदान टेण्डर आह्वान गरेर मूल्यांकनको चरणमा छौं’ पोखरा महानगरपालिकाका ईन्जिनियर लक्ष्मीप्रसाद गौतमले भने–‘छुट्टाइएको बजेट अनुसार टेण्डर गरिएको छ ।’ उनका अनुसार बजेट अनुसार जग्गा सम्याउने, भिरालो जमिनमा रिटेनिङ पर्खाल लगाउने र माथिल्लो भागमा पर्खाल लगाई फेन्सिङ लगाउने काम गरिने छ । महानगरपालिकाले मौजाको १७ सय मिटरको उचाईमा फुटबल मैदानसहितको पूर्वाधार बनाउन दुई वर्ष अघिदेखि योजना बनाएको थियो । दीर्घकालिन योजनाको रुपमा अघि सारेको फुटबल मैदानसहितको पूर्वाधार बनाउन विस्तृत परियोजना प्रतिवदेन(डिपिआर) बनाईसकेको छ । योजनाको पूर्ण रुपमा कार्यान्वयन गर्न १६ करोड रुपैयाँ खर्च हुने छ ।
आँटीघर खेल मैदानको लागि आह्वान गरिएको टेण्डरमा विभिन्न ७ कम्पनीले चासो दिएका छन् । एसआरडी कन्स्ट्रक्सन(पोखरा), एलएन कन्स्ट्रक्सन(पोखरा), चिराग कन्स्ट्रक्सन(गोरखा), विरौटा कन्स्ट्रक्सन(पोखरा), रक्षा रन्जन कन्स्ट्रक्सन(शुक्ला गण्डकी तनहुँ), सीता बिल्डर्स(पोखरा), कालिका ईन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन(पोखरा) टेण्डर खरीद गरेको पोखरा महानगरपालिका खरीद शाखा प्रमुख नविन गौतमले जानकारी दिए । उनका अनुसार कम्पनीहरुको मूल्यांकन प्रक्रियाको चरणमा रहेका छन् । मूल्यांकनपछि नै कम्पनी छनोट गरेर निर्माणको जिम्मेवारी दिने तयारी महानगरपालिकाले गरेको छ ।
खरीद शाखा प्रमुख गौतमका अनुसार पोखरा–१३ को खेलमैदानको टेण्डर गत असारमा गरिएको थियो । ठेक्का सम्झौता भने भदौमा गरिएको जनाउँदै काम टुंगिने चरणमा रहेको उनले बताए । गत आर्थिक वर्षमा महानगरपालिका विजयपुर खेल मैदानको लागि समेत २५ लाख रुपैयाँ छुट्टाएको थियो । तर विजयपुर खेल मैदान स्थानीयको अवरोधले काम अघि बढाउन नसकिएको महानगरपालिकाले जनाएको छ ।
महानगरकै उचाईमा रहेको खेल मैदान बनाउन तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन अनुसार पुर्वाधारले झण्डै ५६ रोपनी क्षेत्रफल ओगट्ने पोखरा–२० मौजाका वडाध्यक्ष सीम गुरुङले बताए । उनका अनुसार फुटबल मैदान बनाउन अघिल्लो वर्ष नै साढे ८ लाख रुपैयाँ खर्च गरिएको थियो । रकम भिरालो जमिन कटान गरी सम्याउन खर्च गरिएको थियो । फुटबल मैदान निर्माणपछि मौजामा खेलकुदका गतिविधि बढ्ने विश्वास मौजाबासीले गरेका छन् ।
पोखरा–२० मा मौजामा निर्माणाधिन फुटबल मैदानसहितको खेलकुद पूर्वाधारको डिपिआर ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…