
व्यास अल्ट्रा दौडका विजेता धावकहरु । (विजेता महतारा, हातमा स्प्रे लिएका)
पोखरा-त्रिभुवन आर्मी क्लबका धावक देवराज महताराले ८५ हजार नगद राशीको व्यास अल्ट्रा दौडको उपाधि जितेका छन् । उनले ४४ किलोमिटरको दौडलाई ३ घण्टा ३ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । साविक विजेता सोलुखुम्बुका सुमन कुलुङ राईलाई पछि पारे । व्यास–५ मानहुँकोटबाट व्यास–८ पुलिमराङमा पुगेर टुंगिएको दौडमा सोलुखुम्बुका सुमन कुलुङ राई दोस्रो स्थानमा रहे । सुमनले गत पुस २७ गते आयोजित ऋषिङ म्याराथनमा तेस्रो स्थानमा रहेका थिए ।
राईले ३ घण्टा ८ मिनेट १ सेकेण्डमा दौड पुरका गरेका थिए । त्रिभुवन आर्मी क्लबकै धावक बेदबहादुर सुनुवार तेस्रो स्थानमा आए । उनले दौड ३ घण्टा १० मिनेट ५ सेकेण्डमा पुरा गरेका थिए । उनी पनि ऋषिङ अल्ट्रा म्याराथनमा भने सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । धावकहरुले विभिन्न ८ वटा विन्दुलाई पार गरेर दौड पुरा गरेका व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
सोलुका राईले ६५ हजार ७७ रुपैयाँ र आर्मीकै धावक सुुनुवारले भने ५५ हजार ७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी ५ जना धावकले सान्त्वना पुरस्कार प्राप्त गरे । भोजपुरका धावक सविन तामाङ, बैतडीका धावक नरेन्द्रसिंह राउत, रुकुमका दुर्गराज बुढा, व्यास–६ तनहुँका प्रमेश गुरुङ र गोरखाका सक्सुनराज गुरुङले सान्त्वना पुरस्कार स्वरुप नगद १६ हजार ७७ रुपैयाँ प्राप्त गरेका थिए ।
व्यास नगरपालिकाले विगत चारवर्षदेखि पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राख्दै व्यास म्याराथन आयोजना गर्दै आएको छ । व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानले म्याराथनले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे । दौडमा १६९ जना धावकको सहभागिता रहेको थियो । गत वर्षको दौडमा सोलुखुम्बुका सुमन कुलुङले जितेका थिए । दूरी दुई घण्टा ५९ मिनेटमा पार गरेका थिए । प्रतियोगितामा कालिकोटका देवराज महतरा(आर्मी) द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…