
वडास्तरीय भलिबल, एथलेटिक्स रनिङ शिल्ड
पोखरा-युवा विकास तथा खेलकुद समन्वय समितिको आयोजना एवम् माछापुच्छ्रे गाउपालिका वडा नं. ८ को समन्वयमा माछापुच्छ्रे गाउपालिका–८ ठाटी र लुम्रेमा वडाध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता माघ २२ गतेदेखि २४ गतेसम्म हुने भएको छ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदको मूल भाव बोकी सञ्चालन भएको प्रतियोगिताले गाउँपालिका ८ नं. वडाका टोल र गाउका खेलाडीहरु र खेलकुदको विकासमा टेवा पु¥याउने खेलकुद संयोजक जापान गुरुङले बताए। उनले मानिस शारिरीक, मानसिक, संवेज्ञात्मक र सामाजिक रुपमा स्वस्थ्य रहनको लागि खेलकुदले मुख्य भूमिका खेल्ने हुँदा खेलक्षेत्र विकास गर्नु आजको आवश्यकता बताएका छन्।
कार्यक्रम संयोजक तेजबहादुर तामाङ (विकास)ले समाजमा कुरिति, विसंगति र नकरात्मक क्षेत्रमा युवाहरु हिड्ने अबस्था सृजना नगर्न खेल क्षेत्रले सुधारगृहको काम गर्दछ। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य हो तर त्यो पूरा नभएपनि वालवालिकाहरु स्वस्थ्य बनी सवल नागरिक उत्पादन हुनुपनि ठूलो भएको बताए।
रनिङ शिल्ड प्रतियोगिताका अध्यक्ष सन्तोष गुरुङले पुरुष भलिबल प्रतियोगितामा क्रमशः प्रथम द्वितीय र तृतीय लाई २० हजार, १५ हजार, १० हजार र महिला भलिबल प्रतियोगितामा क्रमश ः १५ हजार, १० हजार, ५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र रहेको जनाए। भने सटपुट, लङजम्प, हाइजम्प, ज्यावलिङ थ्रो, दौड प्रतियोगिता १ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, ३ किलोमिटर दौड रहने जनाए। प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई नगद सहित मेडल र प्रमाणपत्र पाउने जानकारी गराएका छन्।
माछापुच्छे गाउँपालिका वडा नं. ८ मा ८ वटा गाउँ एवम् टोल रहेका छन्। प्रत्येक टोल एवम् गाउँबाट भलिबल खेलमा महिला १० जना र पुरुष १० जना तथा अन्य खेलमा महिलामा २ जना र पुरुषमा २ जनामात्र सहभागी हुन सक्नेछन्।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…