
महिला लिगः एपिएफको लगातार पाँचौ जित
काठमाडौं- सावित्रा भण्डारीले गोल गर्ने लयलाई शनिबार पनि निरन्तरता दिँदा राजधानीमा जारी महिला राष्ट्रिय लिगमा एपिएफले लगातार पाँचौ जित निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले मोफसलको टोली वालिङ नगरपालिका स्याङ्जामाथि ३–० को जित निकाल्दैं शनिबार पनि जितको लयलाई निरन्तरता दिएको हो । एपिएफको जितमा सावित्राले दुई गोल गर्दा प्रिति राईले एक गोल आफ्नो नाममा लेखाइन् । विदेसी खेलाडी सहित मैदान उत्रिएको वालिङले एपिएफलाई रोक्ने लक्ष्य राखे पनि असफल रह्यो ।
एपिएफले अघिल्ला खेलमा जस्तै उत्कृष्ट लयलाई निरन्तरता दिएको थियो । सुरुआतबाट दबाब दिँदै खेलेको एपिएफका लागि सावित्राले १३औं मिनेटमा गोल गरेर खाता खोलेकी थिइन् । त्यसपछि एपिएफविरुद्ध वालिङ खेलमा फर्किन निकै संघर्ष ग¥यो । तर वालिङका काउन्टर प्रयासलाई एपिएफको डिफेन्स लाइनले विफल बनाएको थियो ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको एपिएफले दोस्रो हाफमा पनि पहिलो हाफमा देखाएको प्रदर्शनलाई निरन्तरता दियो । ७१औं मिनेटमा प्रिति राईले आकर्षक गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाएकी थिइन् । त्यसपछि झन दबाबमा परेको वालिङले अग्रता छोट्याउने प्रयास गरे पनि सफल हुन सकेन । काउन्टरको प्रयास गरेको वालिङविरुद्ध एपिएफका लागि सावित्राले ७४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो पारिन् ।
बाँकी समयमा दुबै टोली केही राम्रा अवसर सिजर्ना गरे पनि सफल हुन सकेनन् र ३–० ले एपिएफ विजयी बन्यो । जितसँगै एपिएफको जारी लिगमा ५ खेलबाट स्पष्ट १५ अंक भएको छ । यस्तै पराजित वालिङले समान ५ खेलबाट ५ अंक बनाएको छ । महिला लिग अन्तर्गत शनिबारकै पहिलो खेलमा विराटनगर महानगरपालिका मोरङले चौदण्डीगढी नगरपालिका उदयपुरविरुद्ध आधा दर्जन गोल ग¥यो । विराटनगरको जितमा अनु राईले दुई गोल गरिन् ।
अनुले २१औं र ३६औं मिनेटमा गोल गरेकी थिइन् । इमा राईले ३९औं, मनिसा थापा मगरले ४३औं र कुशुम खतिवडाले ८२औं मिनेटमा गोल गरेका थिए । यस्तै पार्वती घलेले ८३औं गोल गर्दा विराटनगरले फराकिलो जित निकालेको हो । जितपछि विराटनगरको ४ खेलबाट ७ अंक भएको छ भने पराजित चौदण्डीगढी समान ४ खेलबाट तालिकामा अंक विहिन छ । प्रतियोगितामा आइतबार एक खेल मात्र हुनेछ । विभागीय टोली नेपाल पुलिसले मोफसलको टोली चौदण्डीगढीको सामना गर्नेछ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…