पुतलीबजार कप अन्तरपालिका भलिबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १८ गते २०७७ मा प्रकाशित


स्याङजामा पुतलीबजार कप भलिबल

पोखरा-पुतलीबजार नगरपालिकाको मुख्य प्रायोजनमा पुतलीबजार नगर युवा तथा खेलकुद विकास सञ्जालको आयोजनामा स्याङजामा ‘प्रथम पुतलीबजार कप अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता’ शुरु हुने छ । प्रतियोगिता आगामी फागुनको ८ गतेदेखि १३ गतेसम्म आँधीखोलाको तीरमा रहेको मालेबगर खेल मैदानमा खेलाईने सञ्जालले जनाएको छ ।

अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताका विजेताले दुईलाख रुपैयाँ नगदराशी पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगितामा राष्ट्रिय खेलाडीले सहभागिता जनाउन पाउने प्रतियोगिताका संयोजक राजेन्द्रराज शर्माले बताए ।

१२ भन्दा बढी पालिकाको सहभागिता रहेको अवस्थामा नकाउट खेलाईने छ । १२ भन्दा कम भए लिगकम नकाउटको आधारमा खेलाईने छ । सान्त्वना पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट खेलाडी १५ हजार रुपैयाँ प्राप्त गर्ने सञ्जालका अध्यक्ष डोलबहादुर मल्लले सुनाए । बेष्ट स्पाईकर, बेष्ट सटर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट डिफेण्डर, बेष्ट क्विकर र बेष्ट कोच(प्रशिक्षक)लाई जनही ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प