
प्रतिभा माली र ईमबहादुर राना सम्मानित
काठमाडौं- नेपाली भलिबलका नक्षत्र प्रतिभा माली र ईमबहादुर रानालाई मनोरञ्जन रमण शर्मा अवार्ड २०७७ बाट सम्मानित गरिएको छ ।
नेपाल भलिबल संघले नक्सालस्थित क्राउन प्लाजामा आईतबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्मानित खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

नेपाली महिला भलिबल टिमकी सदस्य एवं मुख्य खेलाडी प्रतिभालाई उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता र गत बर्ष नेपालमा आयोजनामा भएको १३ औं दक्षिण एशियाली खेलकुदमा रजत पदक प्राप्त गर्दा गरेको उल्लेखनिय प्रदर्शनको मुल्याङ्कन गर्दै सम्मान गरिएको कदर पत्रमा जनाईएको छ । उक्त प्रतियोगितामा नेपाली टोली बिजयी नजिक हुँदा थोरै समय सम्हालिन नसक्दा स्वर्णबाट बञ्चित भएको थियो ।
यस्तै नेपाली पुरुष भलिबल टिमका कप्तान ईम बहादुरलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा गरेको उच्च प्रदर्शन तथा २०१७ मा मालदिभ्समा आयोजना भएको तेश्रो एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल टुर्नामेन्टमा नेपाली टिमको कप्तानका साथै उच्च प्रदर्शनका साथ कास्य पदक प्राप्त गर्न खेलेको भूमिकाको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको कदर पत्रमा जनाईएको छ ।

सम्मानित खेलाडी द्वयले जनही नगद ३५ हजार सहित कदर पत्र र ट्रफी प्राप्त गरे । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले स्थापना गरेका १० लाखको अक्षय कोषबाट प्राप्त हुने रकमबाट भलिबलका महिला र पुरुष दुई खेलाडीलाई प्रत्येक बर्ष नेपाल भलिबल संघले सम्मान गर्दै आईरहेको छ ।
कार्यक्रममा नेपालका लागि केल्मी प्रतिनिधी प्रदीप न्यौपाने, नेकपा काठमाण्डौ सम्पर्क मञ्चकी सावित्रा अधिकारी तथा संघका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…