
लोकतान्त्रिक खेलकुद संघको संयोजक घोषणा
पोखरा-नेपाललोकतान्त्रिक खेलकुद संघको प्रदेश तथा जिल्ला संयोजकहरुको घोषणा गरिएको छ । बुधबारसंघ केन्द्रीय पदाधिकारी, ७ प्रदेश र ७७ वटै जिल्ला संयोजकहरुको पूर्व सञ्चारमन्त्री, नेपालीकांग्रेसका केन्द्रिय सदस्यतथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले घोषणा गरेका हुन् । संघका केन्द्रिय अध्यक्ष्य देवेन्द्रकुमार शेरचनले प्रस्ताव गरेको नाममा बस्नेतले समर्थन जनाएपछि घोषणा गरिएको थियो ।
संघको केन्द्रीय कार्य समितिको उपाध्यक्षमा विजेन्द्र हमाल(नेपालगञ्ज), महासचिव सुवोध प्रधान(चितवन), सचिवविरबहादुर खड्का(सिन्धुपाल्चोक), बखतबहादुर शाही(हुम्ला), मनिष जोशी(काठमण्डौं) र कोषाध्यक्ष दशरथ रिमाललाई मनोनित गरको छ ।
सदस्यहरुमा दानबहादुर पाल (डडेलधुरा), सूर्यबहादुर खड्का (सिन्धुपाल्चोक), हरिबहादुर विष्ट (सुर्खेत), तिलकरामपौडेल (स्याङ्जा), जगत तामाङ (बर्दिया), बीरबहादुर खड्का (सिन्धुपाल्चोक), रविमहर्जन (ललितपुर), पञ्चबहादुर तामाङ ‘विजय’ (काठमाडौं), बच्चनकार्की, पंकज पाण्डे (बारा), जयगोपालश्रेष्ठ (नवलपरासी), छिरिङ फन्जु लोप्न (रसुवा), अमर पुन (रुपन्देही), मिनबहादुर घले (नवलपुर), राजीव बस्नेत (काठमाडौं), मनरामशाही (कालिकोट), राजेश गुरुङ (कास्की), देव कोइराला (सिन्धुपाल्चोक), विश्व गुरुङ (स्याङ्जा), श्याम विष्ट (कैलाली), राजेशमानश्रेष्ठ (सुनसरी), शेरजंग गुरुङ (तनहुँ), थमन गुरुङ (संखुवासभा), नेपालकार्की (रौतहट), सरोज सिं (बझाङ), धरम लामिछाने (कास्की) र डम्बर लिम्बु (ताप्लेजुङ)लाई मनोनित गरेको छ ।
संघले बुधबार ७ प्रदेशका संयोजक पनि घोषणा गरको छ । प्रदेश १ बसन्तराज अर्याल, प्रदेशमा २ मा बैजनाथयादव, बाग्मतीमा दिपक गुरुङ, गण्डकीमा हरिश्वर पोखरेल, लुम्बिनीमा नरेन्द्र थापा, कर्णालीमा हरीबहादुर विष्ट र सुदुपश्चिममाश्याम विष्टलाई मनोनितगरिएको छ ।
कार्यक्रममा बोल्दै लोकतान्त्रिक खेलकुद संघका विभाग प्रमुख तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निस्क्रिय रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ अब जाग्ने बताएका छन् । ‘केही प्राविधिककारणले निस्क्रिय रहेको संघ अब जाग्छ,’ उनले भने, ‘संघले अबप्रदेश र जिल्ला तहमा कार्यक्रम अगाडि बढाउने छ ।’ नेपालीकांग्रेसका केन्द्रिय समिति समेत रहेका बस्नेतले द्रुतगतिमा खेल गतिविधी अगाडि बढाउँदै युवालाई आरामगर्ने समेत फुर्सद नदिने बताएका छन् ।
युवाहरुलाई कांग्रेसले समेट्न नसकेको आरोप रहेको उनको भनाई थियो । यो आरोपलाई चिर्न संघले युवालाई खेलको क्षेत्रबाट समेट्ने उनले बताए । वडा वडामा प्रशिक्षक पठाएर हजारौंप्रशिक्षकलाई रोजगार दिने आफूहरुको योजना रहेको उनले सुनाए । संघलाई भातृ संस्थाको रुपमाअगाडि बढाएर घोषणा भएको समितिको पूर्ण समर्थन जनाउँदै हरेक कार्यक्रममा अघिपछि भएर हिड्ने उनको भनाई छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…