
दुवाथोलन अन्तर्गत साईक्लिङ गर्दै किरण ।
पोखरा-नेपाल ट्रायथोलन संघले क्रस दुवाथोलनको सिरिज पोखरा गर्ने निर्णय गरेको छ । तीन संस्करण काठमाडौंमा सम्पन्न भईसकेको छ । थप दुई संस्करण आयोजनापछिको अन्तिम संस्करण पोखरामा आयोजना गर्ने संघले निर्णय गरेको हो ।
क्रस दुवाथोलन सिरिज अन्तर्गत तेस्रो संस्करणको उपाधि धरानका किरण लिम्बुले जितेका छन् । २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि. दौड ३५ मिनेट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बु च्याम्पियन भएका हुन् । लिम्बुले पुरा गरेको समय तेश्रो संस्करण सम्मको सबै भन्दा छोटो समय हो । पहिलो संस्करणमा सुरेश भुजेलले ३५ः४० मिनेटमा र दोश्रो संस्करणमा अच्युत कृष्ण खरेल ३७ मिनट २७ सेकेन्डमा दुरी पुरा गर्दै च्याम्पियन बनेका थिए ।
ललितपुरको बज्रबाराही, झरुवारासीमा भएको च्याम्पियनसिपको पुरुष तर्फ सुरज कुमार पासवान दोश्रो र मौलिक महर्जन तेश्रो भए । पासवानले निर्धारित दुरी ४० मिनट ३२.९३ सेकेन्डमा र महर्जनले ४० मिनट ५६.८५ सेकेन्डमा पुरा गरे । जम्प नेशनको सहकार्यमा आयोजित सिरिजमा महिला तर्फ बिदिशा चौधरीले निर्धारित दुरी ४९ मिनेट ५२.४१ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भईन् ।
यसअघिको संस्करणमा अनिशा गुरुङ्गले ४३ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनेकी थिईन् । दुई मात्र खेलाडीले सहभागिता जनाएको महिलाको प्रतिस्पर्धामा अर्की खेलाडीले निर्धारित दुरी पुरा गर्न सकिनन् । लिम्बु र चौधरीले किङ्गस लञ्जद्वारा प्रायोजित ३ हजार बराबरको भौचर, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
दोश्रो हुनेले पिएएन्सी (प्याङ्क) को तर्फबाट प्रदान गरिएको खेलाडीहरुले प्रयोग गर्ने सामाग्री प्राप्त गरे भने तेश्रो हुनेले टेरिज क्याफेसिनोको तर्फबाट प्रदान गरिएको ५ सय बराबरको भौचर प्राप्त गरे । यस्तै बिजयी सवैलाई प्याङ्कको तर्फबाट निशुल्क साईकल मर्मतको भौचर प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, इमराल्ड नेशनल स्कुलका प्रिन्सिपल जित क्षेत्री, समाजसेवी दीपकराज घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।
तीन महिना सम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने च्याम्पियनसिपको चौथो संस्करण टोखामा र पाँचौ किर्तिपुरमा हुने छ । सिरिजको अन्तिम तथा छैटौं संस्करण पोखरामा आयोजना हुने नेपाल ट्रायथोलन संघले जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…