
नेपाल फुटबल संघ -एन्फा_ आइतबार टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता
काठमाडौं- पोखरामा आयोजना हुने ‘ए’ डिभिजिन फुटसल लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ ।
एन्फाले बैशाख २५ देखि जेठ १५ गेतसम्म पोखरामा हुने लिगका लागिसम्झौता गरेको हो । प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाईकसँग आइतबार सम्झौता गरेको हो । एन्फाको फुटसल कमिटिका सयोजक रत्न कुमार श्रेष्ठ र टर्नपाईकका प्रमुख कार्यकारी अधिकृृत उकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार टर्नपाईकले एन्फालाई २९ लाख उपलब्ध गराउने जनाएको छ । सम्झौतापछि बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सहकार्य ऐतिहासिक भएको बताए । यस्तै टर्नपाईकका उकेशले पनि सहकार्य गर्न पाउँदा खुसी लागको प्रतिक्रिया दिए ।
विभिन्न प्रदेशबाट छनोट चरण पार गरी सञ्चालन हुने लिगमा कुल १० टिमले भाग लिनेछन् । जसमा बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश–१ र गण्डकी प्रदेशबाट २/२ टिम सहभागी हुनेछन् । प्रदेश–२ बाट एक टिम र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त एक टिम ‘ए’ डिभिजिन लिगमा प्रतिस्पर्धाको अवसर पाउने आयोजक एन्फाले पत्रकार सम्मेलनमा जानकारी दियो ।
लिगका लागि प्रदेश–१ को छनोट खेलहरु चैत १ देखि ५ सम्म इटहरीमा हुनेछ । प्रदेश–२ को छनोट हेटौडामा चैत ८ देखि १२ सम्म संचालन हुनेछ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट दाङमा चैत १९ देखि २३ सम्म हुनेछ । बागमतीको छनोट खेलहरु काठमाडौंमा चैत २५ देखि ३० सम्म हुनेछ भने गण्डकीको छनोट खेलहरु पोखरामा बैशाख ३ देखि ७ सम्म संचालन हुनेछ । लिगमा ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला संघमा आबद्द क्लब तथा राष्ट्रिय खेलकुद परिषदमा आबद्द क्लबहरुले सहभागिता जनाउन पाउने छन ।
२० दिन सम्म सञ्चालन हुने लिगको विजेताले १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख पाउने छ । यस्तै सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् । एन्फाले सहभागीता जनाउने प्रत्येक टोलीलाई व्यवस्थापनका लागि १ लाख उपलब्ध गराउने जानकारी समेत दियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…