
भलिबल संघ कास्कीका संस्थापक अध्यक्ष उदयबहादुर बस्नेत
पोखरा-पोखरा–१६ हिमालय क्लबले पूर्व राष्ट्रिय भलिबल खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा अक्षयकोष स्थापना गरेको छ । क्लवका मानार्थ सदस्य समेत रहेका स्वर्गीय बस्नेतको स्मृतिमा क्लवले अक्षयकोष स्थापना गरेको हो ।
क्लबले अक्षयकोष स्थापनको लागि १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गरेको कोषाध्यक्ष शिवराज देवकोटाले जानकारी दिए । कास्की जिल्लामा रही भलिवलको विकासमा उत्कृष्ट योगदान पु¥याउने खेलाडी एवं खेल संस्थालाई प्रत्येक वर्ष नगद दश हजार, सम्मान पत्रवाट पुरस्कृत गरिने सचिव प्रकास थापाले बताए ।
अक्षयकोषलाई व्यवस्थित रुपमा संचालन गर्ने गरी नियमावली बनाउन क्लवले कार्य समिति सदस्य एवं भलिवलका पुर्व राष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई जिम्मेवारी दिएको छ । खेल तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका स्वर्गीय बस्नेत भलिवलका पुर्व राष्ट्रिय खेलाडी तथा कास्की जिल्ला भलिवल संघका संस्थापक अध्यक्ष हुन् ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…