भोलिदेखि भलिबल, गण्डकीले नेपाल पुलिससँग खेल्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २६ गते २०७७ मा प्रकाशित


क्लब च्याम्पियनसिप भलिबल

पोखरा-गण्डकी प्रदेशले आज मंगलबार विभागीय टोली नेपाल नेपाल पुलिससँग खेल्दै क्लबस्तरीय टाईकर कप च्याम्पियनसिप भलिबलको शुरुवात गर्ने छ ।

सोमबार साँझ सार्वजनिक गरिएको खेल तालिका अनुसार पुरुष तर्फ मात्रै सहभागिता जनाएको गण्डकी प्रदेशको पहिलो प्रतिस्पर्धा गर्ने छ । उदघाटन दिउँसो ३ बजे गण्डकी प्रदेशले नेपाल पुलिससँग खेल्ने खेल्ने छ ।

महिला तर्फको प्रतिस्पर्धा भने सोमबार विभागीय टर्बीको प्रतिस्पर्धाबाट प्रतियोगिता अगाडि बढ्ने छ । नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो खेल नेपाल आर्मी क्लबले नेपाल डायमण्ड एकेडेमीसँग प्रतिस्पर्धा गर्दै पहिलो दिनको खेल टुग्याउने छ ।

टाईगर ग्रुप पोखराको आयोजनामा मंगलबार पोखरा रंगशालामा टाईगर कप अमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पिनयसिप भलिबल प्रतियोगिता शुरु हुने छ । लिगकम नकाउट साथै बेष्ट अफ फाईभको आधारमा महिला र पुरुषको एकैसाथ क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बताए ।

महिला तर्फ तीन विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र न्यु डायमण्ड एकेडेमी काठमाडौंले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । अध्यक्ष शर्माका अनुसार पुरुष तर्फ पनि आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र गण्डकी प्रदेशको टोलीको सहभागिता रहेको छ ।

विजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशीसहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशीको नगदपुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार १५÷१५ हजार रुपैयाँ प्रदान गरिने छ ।

महिला तथा पुरुष तर्फ उत्कृष्ट खेलाडीलाई नगद २० हजार प्रदान गरिने छ । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाईकरलाई नगद ५/५ हजार रुपैयाँ प्रदान गरिने ग्रुपका सदस्य प्रकाश बरालले जानकारी दिए । प्रतियोगितामा २५ लाख आम्दानी हुने अनुमान गरिएको छ । नेपाल भलिबल संघको समन्वय, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापन, राष्ट्रिय खेलकुद परिषदको संयोजन, पोखरा महानगरपालिकाको विशेष सहयोग र सहयोगी संस्थाको रुपमा सफल दूध रहेका छन् ।