क्लब च्याम्पियनसिप भलिबल शुरु, एपीएफ पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २७ गते २०७७ मा प्रकाशित


राष्ट्रिय महिला भलिबल प्रतिस्पर्धा एपीएफ । तस्बिर फाईल

पोखरा-महिला भलिबलमा आफनो प्रभुत्व जमाईरहेको शसस्त्र प्रहरी बलको एपीएफ क्लब विभागीय डर्बीमा पराजित हुदैं पोखरामा आयोजित टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको शुरुवात गरेको छ ।

पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको मंगलबारको विहानी खेलमा एपीएफ नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित हुन पुग्यो । पहिलो सेट निकै प्रतिस्पर्धात्मक हुन पुग्यउो । तर पुलिसले २६–२४को सेटमा बाजी मार्यो । दोस्रो सेट पछि नेपाल पुलिसले अग्रता लिदैं २५–२२ को स्थितिमा आफनो पक्षमा पार्दै एपीएफ विरुद्ध जितको संघारमा पुग्यो । अन्तिम सेट पनि एपीएफलाई कुनै मौका नै नदिई पुलिसेल २५–११ को सेटमा पराजित गर्दै क्लब च्याम्पियनसिपमा आफनो सुखद शुरुवात गर्यो ।

अब दोस्रो खेल नेपाल आर्मी क्लबले न्यु डायमण्ड एकेडेमीसँग खेल्ने छ । दिउँसो ३ बजे पुरुषको उदघाटन खेल हुने छ । उदघाटन खेल गण्डकी प्रदेशले नेपाल पुलिस क्लबसँग खेल्ने छ ।
महिला तर्फ तीन विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र न्यु डायमण्ड एकेडेमी काठमाडौंले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । अध्यक्ष शर्माका अनुसार पुरुष तर्फ पनि आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र गण्डकी प्रदेशको टोलीको सहभागिता रहेको छ ।

विजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशीसहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशीको नगदपुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार १५÷१५ हजार रुपैयाँ प्रदान गरिने छ । महिला तथा पुरुष तर्फ उत्कृष्ट खेलाडीलाई नगद २० हजार प्रदान गरिने छ । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाईकरलाई नगद ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।