
रियल मड्रिड
एजेन्सी-गेटाफेलाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनासँग समान ४३ अंक सहित तेस्रो स्थानमा रहेको रियलले गेटाफेमाथि शतप्रतिशत जितको नजिता निकालेपछि बार्सिलोनालाई पछाडि छोड्दै दोस्रो स्थानमा उक्लिएको हो । लिग लिडर एथलेटिका मड्रिडसँगको दुरी समेत घटाएको छ ।
गेटाफेमाथि जित दर्ता गर्न दोस्रो हाफमा गोलको सम्भब बनाएको थियो । दोस्रो हाफमा करिम बेन्जेमा र फेरल्याण्ड मेण्डीले गोल गोलगरेपछि रियलले बार्सिलोनालाई पछि पार्ने योजना सफल भएको हो । २-० गोलले पराजित गर्ने क्रममा बेन्जेमाले ६० औं मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई ६६ औं मिनेटमा मेण्डीले अर्को गोल थपेपछि रियलको जित सुनिश्चित हुन पुग्यो ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…