
राष्ट्रिय महिला भलिबल प्रतिस्पर्धा एपीएफ । तस्बिर फाईल
पोखरा-शसस्त्र प्रहरी बलसँग निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित हुदैं नेपाल आर्मी क्लब टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको महिला तर्फ उपाधि होडबाट बाहिरिएको छ । बिहीबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा आर्मीले उपाधि यात्रालाई कायमै राख्न शसस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गर्नुपर्ने थियो । तर आर्मी शसस्त्रसँग प्रतिस्पर्धात्मक सेटमा पराजित हुदैं उपाधि होडबाट बाहिरिदैं क्लब च्याम्पियनसिपबाट बिदाई लिएको छ ।
टाईगर ग्रुप पोखराको आयोजनामा सञ्चालित प्रतियोगितामा पहिलो सेट आर्मीले आफनो पक्षमा पार्दै शसस्त्र प्रहरीमाथि दबाव सृजना गर्यो । पहिलो सेट आर्मीले २५–१८ अबस्थामा लिएको थियो । तर दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो । २७–२५ को अवस्थामा आर्मीलाई पछि पार्दै शसस्त्र प्रहरीले दोस्रो सेट आफनो नाममा लेखायो । सेट १–१ को बराबरीमा ल्यायो । तेस्रो सेट पनि शसस्त्र प्रहरीले सहज जित्ने क्रममा नजिता २५–१७ मा टुंगिएको थियो । चौथो सेटमा आईपुग्दा आर्मी फेरी खेलमा फर्कियो । चौथो सेट आर्मीले २५–२० मा लिदैं खेल रोमाञ्चक अवस्थामा पु¥यायो । निर्णायक पाँचौ सेट भने शसस्त्र प्रहरीले १५–७ ले लिदैं संघर्ष जित आत्मसात गर्यो ।
महिला तर्फकै दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्दै न्यु डायमण्ड एकेडेमीले उपाधिको बलियो दावेदारी देखायो । निकै प्रतिस्पर्धात्मक खेलमा डायमण्डले पहिलो सेट आफनो पक्षमा २७–२५ को सेटले पार्यो । तर दोस्रो सेट भने पुलिससँग प्रतिस्पर्धात्मक रुपमा गुमायो । २९–३१ को सेटमा पुलिसलाई सुम्पिएको डायमण्डले तेस्रो र चौथो सेट लगातार लिदैं नेपाली भलिबलमा आफनो छविलाई उचाईमा पुर्यायो । तेस्रो सेट २७–२५ र चौथो सेट भने २५–१६ मा न्यु डायमण्डले जित्दै उपाधि यात्रा बलियो बनायो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…