
कैलालीका देवराज राना प्रधानमन्त्री कप राष्ट्रिय व्याडमिन्टनमा प्रतिस्पर्धा गर्दै ।
चितवन–नेपालका शीर्ष बरियताका व्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र रत्नजित तामाङमा चितवनमा आयोजित योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको लागि अन्तिम १६ मा प्रवेश गरेका छन् ।
त्रिभुवन आर्मीका रत्नले नवलपरासीका रोशन कुमाललाई २१–१४, २१–१२ ले तथा शसस्त्र प्रहरी बलका प्रिन्सले आर्मीका पविन लिनथेपलाई २१–५, २१–९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । रत्न र प्रिन्सले भोली हुने प्रिक्वाटरमा जित निकालेमा क्वाटरफाईनलमा एक अर्काको सामना गर्ने भएका छन् ।
रत्न माथी लगातार दुई प्रतियोगितामा जित निकालेर उपाधी चुमेका प्रिन्स यस प्रतियोगितामा पनि उक्त बिजयलाई निरन्तरता दिने लक्ष्यसहित कोर्टमा उत्रिने छन् । प्रतियोगिताका लागि तयारी गर्ने क्रममा प्रशिक्षण दौरान खुट्टामा हल्का चोट बोकेका रत्नजित केही असहज महशुस गरेका छन् ।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल घर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा स्थान बनाउनेमा एपिएफका दिपेश धामी, भोजपुरका बिकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ रहेका छन् । दिपेशले कैलालीका देवराज रानालाई २१–१६, २१–८ ले, बिकासले सेनाका आयुष्मान नागरीलाई २१–१३, २१–९ले र नविनले एनआरएनए दुवईका साहिल चन्दलाई २१–११, २१–१० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।
सेनाका हिमाल चन्द, एपिएफका प्रियान्सु सिंह क्षेत्री, साईनोका अभिषेक बोस, सेनाका प्रफुल महर्जन, बाँकेको इरफान अन्सारी, सुर्खेतका नरेन्द्र बम, सेनाका दीवस शंकर, धादिङ्गका सुदीप सेढाई, सेनाका रुकेश महर्जन, एपिएफका गौतम कठायत, बुटवल ब्याडमिन्टनका सुशिल गिरी पनि आजको प्रतियोगितामा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…