
काठमाडौं, माघ २९ । क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोलको मद्दतमा वालिङ नगरपालिकाले राजधानीमा जारी महिला राष्ट्रिय फुटबल लिगमा बिहीबार सुखद नतिजा निकाल्दा अर्को खेलमा आर्मी विजयी भएको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकालाई ७–१ हराएको हो । जित सँगै वालिङले जारी लिगमा चौंथो जित निकालेको छ ।
उता पराजित चौदण्डीगढीको जारी लिगमा यो लगातार नवौ हार हो । वालिङको जितमा क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल गरिन भने क्यामरुनकै टौटा ओरनेला नोईलीले दुई गोल गरिन् ।

जारी लिगमा दोस्रो गोल फर्काएको चौदण्डीकी अन्जना थुलुङले एक गोल गरेकी थिइन् । वालिङलाई जिताउनका लागि एक्लैले पाँच गोल गरेकी मेथुले २५औं, ३४औं, ४४औं, ४८औं र ५५औं मिनेट गोल गर्दा नोईलीले ७१औं र ७२औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । जारी लिगमा दोस्रो गोल फर्काउँदा अन्जनाले ३२ औं मिनेटमा टोलीका लागि गोल गर्दै अग्रता छोट्याउने प्रयास गरेकी थिइन् ।

जितसँगै वालिङले ९ खेलमा १८ अंक जोडेको छ ।वालिङ लिगको तेस्रो स्थानमा रहेको छ । अंक विहीन चौदण्डी पुछारमा रहेको छ । महिला लिग अन्तर्गत दिनको दोस्रो खेलमा आर्मीले विराटनगर महानगरापलिकालाई ७–० को फराकिलो अन्तरले स्तब्ध बनायो ।

विराटनगरलाई फराकिलो अन्तरले हराउँदा आर्मीकी शर्मिला थापा र विमला विकले समान २/२ गोल गर्दा सपना लामा, विमला चौधरी र रश्मी घिसिङले एक एक गोल गरे । जित निकालेको आर्मीले ९ खेलबाट २२ अंक बनाएको छ । पराजित विराटनगर १० अंक जोडेर पाँचौ स्थानमा छ । लिगमा शुक्रबार नेपाल पुलिस र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…