
पोखरा म्याराथनको ऐतिहासिक झल्को । तस्बिर फाईल ।
पोखरा-सिटी म्याराथनको अवधारणा अघि सारेर आयोजना गर्दै आएको पोखरा म्याराथनको १५ औं सस्करण भोलि शनिबार पोखरामा हुदै छ । शनिबार पोखरा रंगशालादेखि शुरु हुने पोखरा म्याराथनमा डेढसय धावकले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष म्याराथनसँगै पहिलो पटक महिला हाफ म्याराथन समावेश गरिएको छ । हाफ म्याराथनमा १९ सहभागि रहने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । म्याराथनमा ४ देशका १५६ जना धावकहरु दौडिने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताए । उनका अनुसार नेपाल, जापान, वेलायत र उरुग्वेका खेलाडीहरु प्रतियोगितामा दौडिनेछन् ।
महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथनमा ६ जिल्ला र विभागीय टोलीका धावकहरुले प्रतिस्पर्धामा उत्रिने छन् । म्याराथनमा प्रथम हुनेले नगद २ लाख, दोश्रोले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै चौथो हुनेले सान्त्वना रुवस्प नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ७५ हजार, तृतीयले ५० हजार, सान्त्वनाले १५ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चका संस्थापक अध्यक्ष खड्कबहादुर रानाभाटले जानकारी दिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…