
शसस्त्र प्रहरीको स्पाईकलाई रोक्ने प्रयास गर्दै गण्डकी प्रदेशका कप्तान हरि पाण्ड ।
पोखरा-शसस्त्र प्रहरी बल(एपीएफ) को चुनौतिलाई सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश टाईगर कप क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।
शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले शसस्त्र प्रहरीलाई ३–० सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । टाईगर ग्रुपको आयोजनामा भईरहेको प्रतियोगितामा गण्डकीले फाईनल सुरक्षित गर्ने क्रममा पहिलो सेट २५–२१ले लियो ।
दोस्रो सेटमा भने शसस्त्रले कडा चुनौति पेश गर्यो । खेल निकै रोचक र प्रतिस्पर्धात्मक बन्न पुग्यो । तर गण्डकीले अन्त्यमा २९–२७ को सेटमा आफनो पक्षमा पार्दै विभागीय टोलीको भलिबलको बर्चस्वलाई तोड्ने लक्ष्यमा अग्रसर बन्यो । तेस्रो सेटमा भने गण्डकीले सुधारिएको खेल देखाउँदै २१–१५ मा लिदैं फाईनल सुरक्षित गर्दा शसस्त्र प्रहरी बल भने उपाधि होडबाट बाहिरिन पुग्यो ।
पहिलो खेलमा नेपाल पुसिल क्लबसँग पराजित गण्डकीले दोस्रो खेलमा त्रिुभवन आर्मीलाई ३–१ सेटले पराजित गरेको थियो । पुलिस शसस्त्र प्रहरी बलसँग पराजित भएको थियो । शसस्त्र प्रहरी बल नेपाल आर्मीसँग पराजित हुन पुगेको थियो । फाईनलमा गण्डकी प्रदेशले अब नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बीचको विजेतासँग खेल्ने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…