
शसस्त्र प्रहरी विरुद्ध स्पाईक हान्दै न्यु डायमण्डकी प्रतिभा माली ।
पोखरा-न्यु डायमण्डलाई पराजित गर्दै शसस्त्र प्रहरी बल टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको फाईनल प्रवेश गरेको छ । शुक्रबारको महिला तर्फको अन्तिम खेलमा शसस्त्रले न्यु डायमण्डलाई सोझो सेटमा पराजित गरेपछि फाईनल तय गरेको हो । समान अंक भएपनि शसस्त्र प्रहरी बल सेटको भागफलको आधारमा पछि पर्दै उपाधि होडबाट बाहिरिएको हो ।
शसस्त्र प्रहरीले पहिलो सेट २५–२१ मा लिदैं अग्रता बनायो । दोस्रो सेटमा पनि शसस्त्रले उस्तै सेटमा लियो । २५–२१ मै दोस्रो सेट लिएर न्यु डायमण्ड विरुद्ध शसक्त प्रदर्शन गरेको शसस्त्रले तेस्रो सेट २५–२३ मा लिएको थियो । जितसँगै शसस्त्रले उपाधि यात्रा तय गर्दा न्यु डायमण्ड बाहिरिन पुग्यो । उपाधिको लागि शसस्त्रले अब नेपाल पुलिस क्बलसँग शनिबार खेल्ने छ ।
गण्डकी प्रदेशले टाईगर कप क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको उपाधिको लागि त्रिभुवन आर्मीसँग भेट पक्का गरेको छ । त्रिभुवन आर्मीलाई पराजित गर्दै अगाडि बढेको गण्डकीले आज भएको प्रतिस्पर्धामा शसस्त्र प्रहरी बललाई सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । आर्मीले पनि विभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–० को सोझौ सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले शसस्त्र प्रहरीलाई ३–० सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । टाईगर ग्रुपको आयोजनामा भईरहेको प्रतियोगितामा गण्डकीले फाईनल सुरक्षित गर्ने क्रममा पहिलो सेट २५–२१ले लियो ।
दोस्रो सेटमा भने शसस्त्रले कडा चुनौति पेश गर्यो । खेल निकै रोचक र प्रतिस्पर्धात्मक बन्न पुग्यो । तर गण्डकीले अन्त्यमा २९–२७ को सेटमा आफनो पक्षमा पार्दै विभागीय टोलीको भलिबलको बर्चस्वलाई तोड्ने लक्ष्यमा अग्रसर बन्यो । तेस्रो सेटमा भने गण्डकीले सुधारिएको खेल देखाउँदै २१–१५ मा लिदैं फाईनल सुरक्षित गर्दा शसस्त्र प्रहरी बल भने उपाधि होडबाट बाहिरिन पुग्यो ।
पहिलो खेलमा नेपाल पुसिल क्लबसँग पराजित गण्डकीले दोस्रो खेलमा त्रिुभवन आर्मीलाई ३–१ सेटले पराजित गरेको थियो । पुलिस शसस्त्र प्रहरी बलसँग पराजित भएको थियो । दोस्रो खेलमा आर्मीले पुलिसको चुनौतिलाई २६–२४मा पहिलो सेटमा पराजित गर्दै अग्रता लिएको थियो । दोस्रो सेटमा आर्मीले पुलिसलाई २५–२२ र तेस्रो सेट २५–१४ को सेटमा पराजित गरेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…