
पोखरा म्याराथनमा दौडिदैं धावकहरु । file pic
पोखरा-पोखरामा शनिबार विहान १५ औं संस्करणको पोखरा म्याराथन शुरु भएको छ । विभागीय धावक सहित विभिन्न जिल्लाका २०९ जना धावकहरुले म्याराथनमा सहभागिता जनाएका छन् । पोखरा रंगशालाबाट शुरु भएको म्याराथन पोखराको बजारसहित लेखनाथ क्षेत्र घुमेर पोखरा रंगशालामै पुगेर ४२ दशमलव १९५ किलोमिटर पुरा हुने छ ।।
यस पटक महिला हाफ म्याराथनलाई समेत समावेश गरिएको छ । महिला हाफ म्याराथनमा २९ जना धाविकाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । सिटी म्याराथनको अवधारणासँगै शुरु भएको म्याराथनले पोखरालाई अन्तराष्ट्रिय खेलकुदको शहरको रुपमा परिचित गराउने विश्वास आयोजक भूतपूर्व खेलाडी मन्च नेपालले जनाएको छ ।
विजेता म्याराथन धावकले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् । उपविजेताले दोश्रोले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ७५ हजार, तृतीयले ५० हजार, सान्त्वनाले १५ हजार रुपैयाँ पाउने आयोजक भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।म्याराथनको गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…