
महिला हाफ म्याथारानको उपाधि पुलिसकी प्रसाईलाई
पोखरा-पोखरामा आयोजित महिला हाफ म्याराथनको उपाधि नेपाल पुलिसकी राजपुरा प्रसाईले जितेकी छन् । नेपाल भुतपूर्व खेलाडी मन्चको आयोजनामा महिला तर्फ आयोजित पहिलो हाफ म्याराथन(२१ किलोमिटर)को दुरीलाई उनले १ घण्टा २७ मिनेट १ सेकेण्डमा पुरा गर्दै उपाधि जितेकी हुन् ।
जुम्लाकी राममाया बुढा दोस्रो स्थानमा रहिन् । उनले १ घण्टा ३० मिनेट ५ सेकेण्डमा पुरा गरिन् । तेस्रो स्थानमा भने शसस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठ आईन् । उनले दुरीलाई १ घण्टा ३१ मिनेट २ सेकेण्डमा पुरा गरेकी थिईन् ।
महिला हाफ म्याराथनमा विजेता प्रसाईले १ लाख रुपैयाँ प्राप्त गरिन् । जुम्लाकी बुढाले दोस्रो पुरस्कार ७५ हजार प्राप्त गरिन् । शसस्त्र प्रहरीकी श्रेष्ठले ५० हजारले पुरस्कार स्वरुप हात थापिन् ।
नेपाल पुलिसकी रेखा विष्टले सान्त्वन पुरस्कार प्राप्त गरिन् । उनले १ घण्टा ३६ मिनेट २ सेकेण्डमा पुरा गर्दै सान्त्वना स्वरुप नगद १५हजार पाईन । तस्बिर सुदर्शन रन्जित।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…