पोखरा म्याराथनमा नेपाली सेनाका धावकको बर्चस्व

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १ गते २०७७ मा प्रकाशित


पोखरा म्याराथनका विजेता धावकहरु ।

पोखरा-१५ औं संस्करको पोखरा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजना शनिबार भएको प्रतिस्पर्धामा ४२.१९५ किलोमिटरको दुरीलाई आर्मीका रोकायाले २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै उपाधि आफनो नाममा लेखाएका हुन् ।

दोस्रो स्थानमा पनि नेपाल आर्मीकै धावक आईपुगे । २ घण्टा ३३ मिनेट ४८ सेकेण्डको समयमा दौड पुरा गर्दै आर्मीका गोविन्दप्रसाद भट्टराई दोस्रो स्थानमा चित्त बुझाए । आर्मीकै धावक देवराज बस्नेत भने तेस्रो स्थानमा आए । उनले दौडलाई २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा पुरा गरेका थिए । १५ औं संस्करणको दौडमा नेपाल आर्मीका धावकले बर्चस्व राखे । म्याराथनमा आर्मीले आफनो गर्विलो शाखलाई जोगाईराख्ने क्रममा पहिलो, दोस्रो र तेस्रो स्थान कब्जा जमाए ।

चौथो स्थानमा भने पाँचथरका प्रताप ताम्सोहांग रहे । उनले दौडलाई २ घण्टा ५४ मिनेट ८ सेकेण्डमा पुरा गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । म्याराथनमा विभिन्न जिल्ला एवं विभागीय क्लबका गरी २०९ जना धावकले प्रतिस्पर्धा गरेका थिए । विजेता म्याराथन धावकले २ लाख रुपैयाँ पुरस्कार पाए । उपविजेताले दोश्रोले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ, सन्त्वना पुरस्कार स्वरुप प्रतापले २५ हजार रुपैयाँ पाएका छन् ।