
पोखरा म्याराथनका विजेता धावकहरु ।
पोखरा-१५ औं संस्करको पोखरा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजना शनिबार भएको प्रतिस्पर्धामा ४२.१९५ किलोमिटरको दुरीलाई आर्मीका रोकायाले २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै उपाधि आफनो नाममा लेखाएका हुन् ।
दोस्रो स्थानमा पनि नेपाल आर्मीकै धावक आईपुगे । २ घण्टा ३३ मिनेट ४८ सेकेण्डको समयमा दौड पुरा गर्दै आर्मीका गोविन्दप्रसाद भट्टराई दोस्रो स्थानमा चित्त बुझाए । आर्मीकै धावक देवराज बस्नेत भने तेस्रो स्थानमा आए । उनले दौडलाई २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा पुरा गरेका थिए । १५ औं संस्करणको दौडमा नेपाल आर्मीका धावकले बर्चस्व राखे । म्याराथनमा आर्मीले आफनो गर्विलो शाखलाई जोगाईराख्ने क्रममा पहिलो, दोस्रो र तेस्रो स्थान कब्जा जमाए ।
चौथो स्थानमा भने पाँचथरका प्रताप ताम्सोहांग रहे । उनले दौडलाई २ घण्टा ५४ मिनेट ८ सेकेण्डमा पुरा गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । म्याराथनमा विभिन्न जिल्ला एवं विभागीय क्लबका गरी २०९ जना धावकले प्रतिस्पर्धा गरेका थिए । विजेता म्याराथन धावकले २ लाख रुपैयाँ पुरस्कार पाए । उपविजेताले दोश्रोले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ, सन्त्वना पुरस्कार स्वरुप प्रतापले २५ हजार रुपैयाँ पाएका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…