
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल
चितवन-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले चितवनमा अन्तराष्ट्रिय ब्याडमिन्टन कभर्डहल बनाउन परिषदले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको प्रमुख अतिथीको रुपमा उपस्थित खेलसमुदायलाई सम्वोधन गर्दै सदस्य सचिव सिलवालले चितवनमा अन्तराष्ट्रिय स्तरको कभर्डहल निर्माण गर्नका लागि जग्गा उपलब्ध गराएमा राष्ट्रिय खेलकुद परिषदले निर्माणका लागि सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…