
प्रिन्स दाहाल
चितवन- नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । बिश्व जुनियर बरियतामा तेश्रो नम्बरमा रहेका एपिएफका प्रिन्सले सेमिफाइनल प्रवेश गर्ने क्रममा सेनाका हिमाल चन्दलाई २१-४, २१-९ को सोझो सेटमा पराजित गर्दै भोजपुरका पूर्व नम्बर एक खेलाडी बिकास श्रेष्ठ संगको भेट पक्का गरेका छन् ।
श्रेष्ठले एपिएफका प्रफुल महर्जन माथि २१-१८, २१-१९ को सोझो सेटमा पराजित गरेका थिए । यस्तै सेमिमा स्थान बनाउने क्रममा सेनाका नविन श्रेष्ठ र एपिएफका दीपेश धामी रहेका छन् । नविनले धादिङ्गका सुदीप सेढाईलाई २१-६ को समान अन्तरले र नम्बर दुई स्थानमा रहेका राष्ट्रिय च्याम्पियन धामीले सेनाका रुकेश महर्जन माथि २१-११, २१-१० को सोझो सेटमा पराजित गर्दै नविन संगको भेट पक्का गरेका हुन् ।
चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला एकलमा एपिएफकी जेसिका गुरुङ्ग, सेनाका अनुमाया राई, रशिला महर्जन र अमिता गिरीले सेमिफाईनलमा स्थान बनाए । जेशिकाले एपिएफकी प्रेक्षा राईलाई २१-६, २१-४, अनुले कैलालीकी प्राथना देउवालाई २१-७, २१-१२, रशिलाले सुनसरी ब्याडमिन्टन क्लबकी २१-१५, २१-१०ले तथा अमिताले एपिएफकी सुनयना मुखियालाई २१-१६, २१-१२ ले पराजित गरे ।
ब्वाईज यु १७ तर्फ सेनाका भोज बहादुर गुरुङ्गले दाङ्गका हिमांशु कवार मगरलाई २१-१३, २१-१० ले पराजित गर्दै सेमिफाईनलमा कपिलबस्तुका रोहित बरालसंगको भेट पक्का गरेका छन् । रोहितले सेनाका आयुष्मान नागरीलाई २१-१०, २१-९ ले पराजित गरेका थिए । यस्तै सेनाका हिामाल चन्द दाङ्गका सुरज गुप्तालाई २१-१५, २१-६ ले पराजित गर्दै सेमिमा सुर्खेतका नरेन्द्र बामसंगको भेट पक्का गरेका छन् । बामले कञ्चनपुरका बिवेक चौधरी माथि १९-२१, २१-१६, २५-२३ को जित निकाले ।
गल्र्स यु १७ तर्फ सेनाकी रशिला महर्जनले फाईनल प्रवेशका लागि पाल्पाकी दीया शाक्यसंग प्रतिस्पर्धा गर्नु पर्ने छ । महर्जनले एपिएफकी प्रेक्षा राईलाई २१-४, २१-९ तथा दीयाले कैलालीकी प्रेयांशी बमलाई २१-९ को समान अन्तरले पराजित गरेकी थिईन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…