
बलको लागि संघर्ष गर्दै आर्मी र चन्द्रपुरका खेलाडी ।
काठमाडौं- रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा आठौं जित निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि ६–१ को जित निकाल्दै आठौं जित निकाल्न सफल भएको हो ।
एक तर्फी जस्तो देखिएको खेलमा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गर्दा विमला चौधरीले दुई गोल गरिन् ।
यस्तै चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काइन् । आइतबार एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा आर्मीका लागि रश्मीले १० औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । २२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा त्यसको तीन मिनेटमा विमलाले गोल थप्दा आर्मीले ३–० को अग्रता लिन सफल भयो । पहिलो हाफको इन्जुरी चन्द्रपुरकी रजनी थोकरले गोल गर्दै आर्मीको अन्तर घटाउने प्रयास गरिन् ।
पहिलो हाफमा लिएको अग्रतालाई आर्मीले दोस्रो हाफमा कायम राख्दै थप तीन गोल गर्न सफल भयो । ५० औं मिनेटमा रश्मीले पेनाल्टीबाट ह्याट्रिक पुरा गर्दा ५६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ५–१ को अग्रता बनायो । ६१ औं मिनेटमा रश्मीले व्यक्तिगत चौंथो गोल गर्दै आर्मीलाई ६–१ को जित निश्चित गरिन् ।
जितसँगै आर्मीले १० खेलमा २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । आर्मी शीर्ष स्थानको एपीएफ भन्दा २ अंकले पछि रहेको छ । एपीएफ ९ खेलमा २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेल एपीएफ र नेपाल पुलिस तथा दोस्रो खेल वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…