
धावकहरु दौडिदैं । तस्बिर फाईल
पोखरा-पोखरामा मंगलबार आयोजित पर्वतीय दौडको उपाधि धरानका धावक मोहनकुमार राईले जितेका छन् । श्री पञ्चमीको अवसरमा दुर्गायुवा क्लब अर्मलाकोटले आयोजना गरेको छैटौं संस्करणको पर्वतीय दौडमा धरानका राईले ५३ मिनेट ४३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हनु् ।
पोखराको केआईसिंह पुलबाट शुरु भएको दौड अर्मलाकोटमा पुगेर टुंगिएको थियो । १२ किलोमिटरको दौडलाई ५५ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै पोखराका शरद बराल दोस्रो स्थानमा रहे । त्यसैगरी पोखरा भलामका धावक दिलकुमार बुढामगरले ५६ मिनेट ३९ सेकेण्डमा पुरा गरेर तेस्रो स्थानमा चित्त बुझाए । निशान बुढामगरले ५६ मिनेट ५२ सेकेण्डमा पुरा गर्दै सान्त्वना पुरस्कार थापे ।
पुरुष तर्फको विजेताले १५ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो हुनेले १० र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार थापे । पुरुष तर्फ ७१ जना घावकहरु दौडिएको दौड संयोजक जुमप्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार महिला तर्फ स्याङजाकी रितु गुरुङ प्रथम भईन् । उनले १ घण्टा ३० मिनेटमा दौड पुरा गरेकी थिईन् । पोखराका ललिता लामिछाने दोस्रो हुने क्रममा १ घण्टा ४१ मिनेट १० सेकेण्डमा पुरा गरिन् । पोखराकै कोमली खड्काले १ घण्टा ५० मिनेट १५ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा रहिन् । उनीहरुले नगद ५, ३ र २ हजार रुपैयाँ प्राप्त गरे ।
त्यसैगरी पोखरा–१६ वडाभित्रै धावकहरु बीचको प्रतिस्पर्धामा राजन विक प्रथम भए । उनले दुरीलाई १ घण्टा ६ मिनेट २६ सेकेण्डमा पुरा गरे । त्यस्तै राजकुमार क्षत्री दोस्रो भए । उनले दुरीलाई १ घण्टा १० मिनेट ५ सेकेण्डमा पुरा गरेका थिए । तेस्रो स्थानमा अमृत परियार आए । उनले १ घण्टा ११ मिनेट ८ सेकेण्डमा पुरा गरेका थिए । उनीहरुले पुरस्कार स्वरुप नगद ८, ५ र ३ हजार रुपैयाँ प्राप्त गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…