
काठमाडौं-एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी चोटग्रस्त हुदाँ करिब ६ देखी नौ महिना मैदान बाहिर रहने छन् । राष्ट्रिय महिला लिगमा पुलिस विरुद्धको खेलमा घाइते भएकी सावित्राको घुँडाको शल्यक्रिया गनुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रिया गर्नुपर्ने भएकै कारण उनी लामो समय मैदान बाहिर रहने भएकी हुन् । एपिएफका टिमका व्यवस्थापक अमित मल्लले घुँडाको लिगामेन्ट च्यातिएको र तत्काल शल्यक्रिया गर्नु पर्ने भएको जानकारी दिए ।
‘स्ट्राइकर सावित्राको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट ९एसिएल०, पोस्टेरियर क्रुसिएट लिगामेन्ट ९पिसिएल० र मिनिस्कसमा समस्या देखिएको छ,’ एपिएफका व्यवस्थापका अमित मल्लले भने, ‘जतो सक्दो घुँडाको शल्यक्रिया गर्नु पर्ने छ । शल्यक्रियापछि सावित्रा ६ देखी ९ महिना मैदान बाहिर हुनेछिन् ।’ घाइते भएपछि मैदान छाडेकी उनले फिजियो नविना श्रेष्ठसँग उपचारको परामर्श लिइरहेकी छिन् । व्यवस्थापक मल्लका अनुसार क्लबले सावित्राको शल्यक्रियाका लागि एन्फासँग उपचारका लागि पहल गर्ने बताए ।
‘एन्फाले देशबाट खेल्ने खेलाडीका लागि राम्रो उपचारको लागि पहल गर्दै आएको छ,’ व्यवस्थापक मल्लले थपे, ‘सावित्राको उपचारलाई क्लबले एन्फासँग पहल गर्छ ।’महिला लिगको १०औं चरणको यात्रा समाप्ता हुँदा उनी सवित्राको उत्कृष्ट खेलको मद्दतमा एपिएफले अपराजित यात्रालाई कायम राखेको छ । दुई खेल बाँकी रहेको अवस्थामा सावित्राको टोली उपाधि नजिक पुगेको छ । एक खेलमा जित निकाल्दा सावित्राको टोली एपिएफले उपाधि उचाल्ने समिकरण पूरा हुनेछ १० खेलबाट स्पष्ट ३० अंक जोडेको एपिएफ तालिकाको शीर्ष स्थानमा रहँदै आएको छ ।
सावित्रा भण्डारी घाइते भएको दिन सोमबार एपिएफले जारी लिगमा पहिलो गोल खाएको थियो । पुलिसविरुद्ध संघर्षपूर्ण जित निकाल्दा सावित्रा घाइते हुँदै मैदान बाहिर रहेकी थिइन् । जारी लिगमा सावित्राले सर्वाधिक ४३ गोल गरिसकेकी छन् । सावित्राको नाममा सर्वाधिक ३८ अन्तर्राष्ट्रिय गोल गरेको किर्तिमान समेत रहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…