‘सी’ डिभिजन लिग तालिका सार्वजनिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ६ गते २०७७ मा प्रकाशित


काठमाडौं- अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरेको छ ।

जारी गरेको तालिका अनुसार ‘सी’ डिभिजन लिग चैत १ गतेबाट २४ गतेसम्म एन्फास्थित मुख्यालयको मैदानमा सम्पन्न हुनेछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दैछन् । लिगको पहिलो दिन २ खेल हुनेछ । जसमा पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ ।