लिगेलिगे साईकल दौड भोलि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ६ गते २०७७ मा प्रकाशित


काठमाडौं-नेपालको ऐतिहासिक स्थल लिगलिगकोटमा भोली लिगलिगे साईकल दौड हुने भएको छ । १३औं सागका स्वर्ण बिजेता खेलाडी देखि प्रदेश र स्थानिय स्तरका खेलाडीसम्म गरि एक सय राईडरले दौडमा प्रतिस्पर्धा गर्ने छन् । लिगलिगे साईकल दौडको दूरी ५२.९ किलोमिटर रहेको छ ।

लिगलिग भिलेज स्पोट्र्सको आयोजना पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा संचालन हुने साईकल दौड प्रतियोगितामा ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ । महिला तथा पुरुष खुला दौडको बिजेताले २५ हजार उपविजेताले २० हजार र तृतियले १५ हजार नगद प्राप्त गर्ने छन् । यो दुवै समूहका १० औ स्थान सम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित हुनेछन् । ६ इभेन्टकै एउटै रुट र एउटै दूरी रहेको छ ।

त्यसै गरि गण्डकी प्रदेश स्तरिय महिला तथा पुरुष साईकल दौडका विजेताले ५ हजार उपविजेताले ३ हजार र तृतिय हुनेले २ हजार ५ सय प्राप्त गर्ने छन् । पालुङटार नगरपालिका स्तरिया महिला तथा पुरुष साईकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ सय,उपविजेताले २ हजार र तृतिय हुनेले एक हजार प्राप्त गर्ने छन् । स्थानीय संस्कृतिको संरक्षण तथा साहसिक खेलको विकास भन्ने उद्देश्यले संचालन भएको प्रतियोगिताको अनुमानित बजेट ३० लाख रहेको आयोजकले जनाएको छ ।

लिगलिगे साईकल दौडको ५२.९ किलोमिटरको दुरी लिगलिगकोट,हर्मि, भन्ज्याङ,आँपपिपल,राईनास,पालुटार,लुईटेल भन्ज्याङ,बड डाँडा,सभा चौतारा हुदै लिगलिगकोर्ट पुगि दौड सम्पन्न हुनेछ ।

सिरानचोक गाउपालिका र राईनस नगरपालिकाको सह प्रयोजनमा संचालन साईकल दौडको राईडरले उच्चतम हाईट १३ सय ३० मिटर सम्म साईकल ड्राईव गर्नु पर्ने रुट रहेको छ भने निम्नतम हाईट ४ सय २० मिटर रहेको छ ।