
वालिङ नगरापालिका र चन्द्रपुर नगरपालिका भिड्दै ।
काठमाडौं- महिला राष्ट्रिय लिगमा बिहीबार चन्द्रपुर नगरपालिकामाथि ३–० को सहज जित निकाल्दै वालिङ नगरापालिकाले लिगमा सुखद अन्त्य गरेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघको मुख्यालय मैदानमा सम्पन्न खेलमा वालिङलाई जित दिलाउन हिमा रावत, अमिशा कार्की र मेथो रुथले एक एक गोल गरे । १७ औं मिनेटमा मिडफिल्डर हिमा रावतले गरेको गोलमा वालिङले अग्रता लिएको थियो ।४७ औं मिनेटमा मिथो रुथले बललाई जाली चुमाउदै वालिङकाने अग्रता दोब्बर पारेकी थिइन । त्यसको ७ मिनेटपछि अमिशा कार्कीले वालिङको अग्रता ३–० मा पु¥याएकी थिइन ।

जितसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले १२ खेलमा १७ अंक जोडेको छ । चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिगमा उपाधि भने एपीएफले जितिसकेको छ । महिला लिगमा शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका तथा दशरथ रंगशालामा हुने लिगको अन्तिम खेल एपिएफ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…