
महिला लिगः एपिएफको लगातार पाँचौ जित
काठमाडौं, फागुन ७ । राष्ट्रिय महिला लिग फुटबलमा दुई खेल हुँदा लिगकाे समापन हुँदै छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ भने दिनकाे दाेस्राे खेल च्याम्पियन एपिएपफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।
पुलिस र चौदण्डीबीचको खेल बिहान १० बजे सुरु हुनेछ । एपिएपफ र आर्मीबीचकाे खेल दिनकाे २ बजे हुनेछ ।
पुलिस चौदण्डीलाई हराएर लिगको तेस्रो स्थान पक्का गर्न चाहन्छ भने चाैदण्डीगढी लिगमा खाता खाेल्न चाहन्छ ।
पुलिस ११ खेलमा १५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । अन्तिम खेलमा जित निकालेमा पुलिस तेस्रो स्थानमा रहनेछ ।
चौदण्डी भने अन्तिम खेलमा जित निकाल्न चाहन्छ । चौदण्डी ११ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
अर्को खेलमा च्याम्पियन बनिसकेको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । एपीएफ र आर्मीबीचको खेल दशरथ रंगशालामा अपरान्ह २ बजे सुरु हुनेछ ।
दुई खेल अगाबै च्याम्पियन बनिसकेको एपीएफ आर्मीलाई हराएर अपराजित रहदै च्याम्पियन बन्न चाहन्छ । एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ ।
आर्मी भने अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद अन्त्य गर्न चाहन्छ । दोस्रो स्थान पक्का रहेको आर्मीको ११ खेलमा २६ अंक रहेको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…