
के.एन स्पोर्टसका निर्देशक कमल थापा र सुपर जनरलका प्रतिनिधि फैजल अली बीच सम्झौता पत्रमा हस्ताक्षर
पोखरा-सुस्ताएको कास्कीको क्रिकेटलाई पुर्नजागृत गराउन के.एन स्पोर्टसले अन्तरक्लबस्तरीय टी–२० क्रिकेट लिग आयोजना गर्न सम्झौता गरेको छ ।
स्पोर्टसले टी–२० क्रिकेट लिग आयोजना दुबईको सुपर जनरल(द कन्फिडेन्ट च्वाईस)सँग सम्झौता गरेको हो । पहिलो पटक एक वर्षे सम्झौता गरिएको छ । सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता जनाईसकेको छ । के.एन स्पोर्टसका निर्देशक कमल थापा र सुपर जनरलका प्रतिनिधि फैजल अली बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । क्रिकेट लिगलाई एफ एण्ड एफ हाम्रो मार्ट प्रालिले सहयोग गरेको छ ।
पोखरामा कास्की जिल्ला क्रिकेट संघले क्लबस्तरीय एक दिवसीय छनोट प्रतियोगिता गरेपछि रंगशालास्थित क्रिकेट मैदानमा क्लबस्तरीय क्रिकेटको गतिविधि भएको छैन् । संघले पनि प्रधानमन्त्री कपको लागि जिल्ला छनोटमा क्लबस्तरीय प्रतिस्पर्धा गराएको थियो । सम्झौतासँगै के.एन स्पोर्टसले यही फागुन भित्र नै क्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको स्पोर्टसका निर्देशक विधान श्रेष्ठले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…